तुलसीपुर, १३ कात्तिक ।
दाङको तुलसीपुरमा स्कुटी दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर–१८ का मान बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक ९ गते साँझ ५ बजेको समयमा तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ३ प ३४६६ नम्बरको स्कुटी तुलसीपुर–१७ मज्गै नजिकै आफै अनियन्त्रीत भएर पल्टिदा बिक घाइते हुनुभएको थियो ।
दुर्घटनामा परी स्कुटी चालक उहाँका छोरा निम बहादुर बिक पनि सामान्य घाइते भएकोमा उपचार पछी डिस्चार्ज भइसेकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भिर घाइते मान बहादुरलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी थप उपचारका लागी काठमाडौं पठाइएको थियो । उहाँको उपचारकै क्रममा आज मृत्यु भएको हो ।
लाइभदाङ । १३ कार्तिक २०८१, मंगलवार १७:५८ बजे