तुलसीपुर बजार शनिबार पनि खुल्ने

तुलसीपुर, ७ भदौ ।
भोलिदेखि तुलसीपुर बजार शनिबार पनि खुल्ने भएको छ । चाडपर्वलाई मध्यनजर गर्दै भदौ ८ गतेदेखि छठ पर्वसम्म शनिवार पनि बजार खुल्ने भएको हो ।


तुलसीपुर उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै छठ पर्वसम्म शनिवार समेत व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।