दुईवटा स्कुटर ठोक्किदा बालिका घाइते

तुलसीपुर, १८ मंसिर ।  दाङको तुलसीपुरमा दुईवटा स्कुटी ठोक्किदा एक बालिका घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर ६ निवासी १० वर्षीया डिजिका डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । तुलसीपुरको बसपार्कबाट विरेन्द्र चोक तर्फ जादै गरेको रा ६ प ४०२३ नम्बरको स्कुटी र नामिनगरबाट बसपार्क तर्फ जादै गरेको रा ८ प २०१५ नम्बरको स्कुटी तुल्सी बोर्डीङ चोक नजिकै आज दिउँसो आपसमा ठोक्किदा विरेन्द्र चोक तर्फ जादै  गरेको रा ६ प ४०२३ नम्बरको स्कुटीमा पछाडी सवार रहेकी डाँगी घाइते भएको प्रहरीको भनाई छ ।


घाइते बालिकाको शरिरमा भित्री चोट रहेकाले तुल्सी बालअस्पतालमा उपचार पछी हड्डी सम्बन्धि डाक्डरलाई देखाउने गरि डिस्चार्ज भएको अस्पाललाई उदृढ गर्दै प्रहरीले बताएको छ । दुबै स्कुटीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।