बाढीले गर्दा अबरुद्ध घोराही–तुलसीपुर सडक खण्ड सूचारु

तुलसीपुर, ४ भदौ ।
दाङको तुलसीपुर– ७ मा रहेको कालाखोलामा आएको बाढीले गर्दा अबरुद्ध भएको घोराही तुलसीपुर सडक खण्ड सञ्चालनमा आएको छ । आज मंगलबार दिउँसो आएको बाढीले गर्दा करिब एक घण्टा यातायातका सवारी साधन आवतजावत बन्द भएको थियो ।

अहिले खोलामा पानिकाे बहाब घटेकोले यातायातका साधन सञ्चालनमा आएको तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जीसीले जानकारी दिए ।


जीसीका अनुसार अहिले साना तथा ठूला सवारी साधन सञ्चालनमा आउनमा आएको छ । बाटो बन्द हुँदा समस्यामा परेका यात्रुहरु यातायातका सवारी साधन सञ्चालनमा आएपछि गन्तव्यतिर लागेका छन् ।