अस्थायी टहरा पहिरोले पुरिँदा तीन जनाको मृत्यु

जाजरकोट, ३ भदौ । जाजरकोटमा अस्थायी टहरा पहिरोले पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। जिल्लाको नलगाड नगरपालिका २ डाँडागाउँमा सोमवार बिहान आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो ।

भूकम्पले घर पूर्ण क्षति बनाएसँगै अस्थायी आवासमा बस्दै आएका तीन जनाको पहिरामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम भण्डारीले बताए।


घरमाथीबाट आएको पहिरोमा परी डाँडागाउँ बस्ने लाल बहादुर परीयार,उनकी श्रीमती मनिषा विक,वर्ष दुईको छोरा शुभम परियारको मृत्यु भएको छ ।

गाउँमा पहिरो गएको  जानकारी पश्चात इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक माधव प्रसाद चौधरीको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीले  घटनास्थलबाट  पहिरोमा पुरिएको अवस्थामा तीन जनाएको शव निकालेको छ ।