मेटमनीले भने‘तुलसीपुरका मेयरले हरेक योजनामा ७ प्रतिशत कमिशन खान्छन्’

दाङ
१७ मंसिर /  नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमनी चौधरीले दाङ तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट स्तरबृद्धि गर्ने कार्य रोकिनुमा शंकर पोखरेलको हात रहेको बताएका छन् । शुक्रबार तुलसीपुरमा भएको पार्टीको जिल्ला स्तरीय भेलामा मन्तब्य ब्यक्त गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका उनले भने‘ ०६४ मा तुलसीपुरका जनताले भोट नदिएकै कारण शंकर पारखेलले यहाँको एयरपोर्ट नबनाउने भन्ने लबिङ गर्नुभयो ।’

एयरपोर्टकालागि परेको बजेटमा समेत २५ प्रतिशत भन्दा बढि काम नगरेको उनले बताए । उनका अनुसार पोखरेल एयरपोर्ट स्तरबृद्धि गर्ने पक्षमा नरहेको समेत बताए । साथै शंकर पोखरेलले बिभिन्न ९ ठाउँमा आफ्ना मान्छेहरुलाई नियुक्ती खुवाएको समेत चौधरीले आरोप लगाए ।

साथै उनले घोराही–तुलसीपुर चारलेन निर्माणको कार्य तुलसीपुरका मेयर घनश्याम पाण्डेकै कारण ढिलासुस्ती भएको बताए ।‘ घनश्याम पाण्डेको छोरा अनुप पाण्डे ठेक्दार हो की घनश्याम पाण्डे ठेकेदार हो’, उनले भने‘ उहिल्यै सकिने चारलेन सडक आज त्यसको पोजिशन के छ ? आज निर्माण गर्न नसकेर पैसा अशूल गरेर घनश्याम पाण्डेबाट ठेक्का खोसिएको छ ।’

त्यस्तै जनप्रतिनिधिहरुले अहिले करोडौंका भ्रष्टाचार गरेको समेत आरोप लगाए ।‘ घनश्याम पाण्डे (तुलसीपुर उपमहानगरपालिकाका मेयर) ले प्रत्येक योजनाबाट ७ प्रतिशत कमिसन खान्छन्’, उनले भने‘धेरै योजनाहरु असफल बनाउन तिर पनि लागेका छन् ।’


साथै उनले विद्रोह गरेर उम्किएको पार्टी ठूलो पार्टी बन्ने पनि बताएका छन् ।‘इतिहासमा विद्रोह गरेर आएका पार्टीहरु ठूला बनेका छन्, अब एकीकृत समाजवादी पार्टी ठूलो बन्छ, देशकै नेतृत्व हामीले गर्छाैं’, उनले भने‘केपी वलीको पार्टी विलय भएर जान्छ ।’

साथै उनले केपी वलीले झापाबाट, शंकर पोखरेलले दाङबाट र विष्णु पौडेलले बुटवलबाट अब चुनाब नजित्ने समेत बताए । उनले शंकर पोखरेलले जित्ने त के चुनाबमा लड्ने ठाउँ समेत नभेटाउने बताए ।‘ शंकरले ०७४ सालको निर्वाचनमा तुलसीपुरबाट चुनाब लड्ने हिम्मत गरेनन्, हिम्मत नगरेपछि निर्वाचन क्षेत्र २ को क बाट चुनाब लडे । जहाँ उनको नामावली समेत छैन’, उनले भने‘आफ्नो निर्वाचन क्षेत्रका मान्छेको विश्वास छैन, कृष्णबहादुर महराको शाहारा लिएर चुनाब जित्ने अपेक्षा गरेर चुनाब लडे । फेरी पनि ३ नम्बर क्षेत्रबाट चुनाब लड्ने हिम्मत गर्नेवाला छैनन् ।’ हिम्मत भए आफ्नो निर्वाचन क्षेत्रमा आएर चुनाब लड्न पनि चौधरीले पोखरेललाई चुनौत दिए ।‘ यदि चुनाब लड्ने कुनै पनि ठाउँ नभए मेरो निर्वाचन क्षेत्रमा आउनु, चुनाबमा लाग्ने खर्च १५ लाख म दिन्छु’,उनले भने ।

साथै उनले सबै कम्युनिष्ट पार्टीसंग एकता गरेर अगाडी बढ्ने मार्गमा आफूहरु हिडिरहेको समेत बताए ।