दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

दाङ,२० साउन। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही– ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको हो ।


ठक्करबाट गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।

आफन्तले भने दोषीलाई कारवाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध गरेका छन् । घटना स्थलमा आफन्तहरुले सडक अबरुद्ध गरेका छन् ।