तुलसीपुरमा टाउको र खुट्टा छुट्टिएको अवस्थामा पुरुषको शब फेला

दाङ, १४ जेठ । दाङको तुलसीपुरमा टाउको र खुट्टा छुट्टिएको अबस्थामा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीका अनुसार बुधबार बिहान शब फेला परेको हो ।

तुलसीपुर–३ सिरखोलामा गलिसकेको अवस्थामा शव फेला परेको हो । टाउको र खुट्टा गलिसकेको हुँदा छुटीएको अवस्थामा शब फेला परेको हो । शब गलिसकेको अवस्थामा रहेको कति उमेरको समेत यसै भन्न नसकिने अवस्था रहेको प्रहरीले बताएको छ ।


उनका अनुसार करिब डेढ महिना अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलनजिकै बंगुर फर्म छ ।

बगुंर फममा काम गर्नेले बिहान शबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शबलाई उठाएर राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।