अनलाईनबाटै डाक्टरको परामर्स

तुलसीपुर, १ पुस । दाङको राप्ती गाउँपालिकामा अब अनलाईनबाट विरामीले डाक्टरको परामर्स पाउनेछन् । राप्ती गाउँपालिका वडा नंं.५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं.१ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालबाट उक्त सेवा सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले विरामीहरुको मुटुको ईसीजी गरि सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

यो संगै देउखुरी क्षेत्रका विपन्न मुटु रोगका बिरामीहरुले नजिकैको यी स्वास्थ्य संस्था बाट विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने छन् ।“देउखुरी क्षेत्रमा अब मुटु रोगीलाई सहज भएको छ”,उहाँले भन्नुभयो“विरामीहरुलाई मध्येनजर गरि हामीले यो सेवा सुरु गरेका हौं ।”

त्यस अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यो सेवाले नागरिकलाई धेरै सहज हुने भन्दै यो कार्य सकारात्मक भएको बताउनुभयो । विकासको एउटा आधार स्वास्थ्यको विकास नै रहेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित थारुले बताउनुभयो ।


राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम सुरु भएको हो ।