गुरुकुल एकेडेमी लमहीले मनायो १०० दिनको उत्सव

लमही, १५ साउन ।
गुरुकुल एकेडेमी लमहीले स्थापनाको १०० दिनको उत्सव मनाएको छ । शैक्षिक सत्र २०८१ बाट सञ्चालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरेर मनाएको हो । पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न किसिमका नृत्य , गित , ड्रामा तथा बिट बक्सिङ प्रस्तुत गरेका थिए ।

उत्सवको अवसरमा विद्यार्थीहरुले गुरुकुल एकेडेमी लमहीमा १०० दिनको अनुभव समेत सुनाएका थिए । गुरुकुल एकेडेमी लमही स्थापना पश्चात विद्यालयमा आबद्ध भएका विद्यार्थीहरुले पढाई संगै के–कस्ता कृयाकलाप सिके भन्ने बिषय आम अभिभावक माझ प्रस्तुत गर्न यो कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रधानाध्यापक सुरज खनालले जानकारी दिनुभयो ।

नृत्य क्षेत्रको प्रशिक्षकमा हेमन्त पान्डे रहनुभएको छ भने अन्य गायन, ड्रामा तथा बिट बक्सिङ विद्यालयका शिक्षकहरु रहनुभएको छ । विद्यार्थिहरुको शैक्षिक सुधार तथा सर्वाङगिन विकासका लागि आवश्यकताका कृयाकलापहरु विद्यालयले नियमित गराउदै आएको छ ।


जसका कारण विद्यार्थिहरु शिक्षा बाहेक अन्य कृयाकलापमा पनि अब्बल बन्दै गएको छ । कार्यक्रमको अवशरमा विद्यालयका प्रधानाध्यापक सुरज खनालले आफ्नो भनाई राख्नुभएको थियो । उहाँले विद्यालयका शिक्षक , कर्मचारी, सञ्चालक समिति, सेयर होल्डर लगायतको अथक मेहनत पछि आफुहरु सफल बन्दै गएको बताउनुभयो ।

विद्यालयको सफलताको लागि नविनतम प्रबिधि प्रयोग गरेर उच्च क्वालिटिको शिक्षा प्रदान गर्ने र आफ्नो विद्यार्थिहरुको भविष्य सुनिश्चित रहेको हुदा संपुर्ण अभिभावकहरुलाई ढुक्क रहन पनि आग्रह गर्नुभएको थियो । सााथै उहाँले विद्यालयलाई सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत प्रदान गर्नुभएको थियो ।