महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङको अध्यक्षमा पोख्रेल

तुलसीपुर, १३ साउन । महिला मानवअधिकार रक्षकहरुको सञ्जाल दाङको अध्यक्षमा अनिता पोख्रेललाई चयन गरिएको छ । सञ्जालको १६ औं साधारणसभा तथा सातौं अधिवेशनले पोख्रेललाई अध्यक्षमा चयन गरेको हो । उनले लामाे समयदेखि महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी छन् ।

जसको उपाध्यक्षमा पद्मा चौधरी, सचिव सुशीला आचार्य, सहसचिव सरस्वती सुवेदी, कोषाध्यक्ष हरिकला अलि मियालाई चयन गरेको छ ।


त्यस्तै सदस्यहरुमा सुशीला शाह, कल्पना चौधरी, प्रतीक्षा अधिकारी, पार्वती धिताल, कल्पना परियार, सिर्जना घिमिरे, पुष्पा भट्टराई रहेका छन् । बाँकी कार्यसमिति सदस्यहरु पछि मनोनीत गरिनेछ ।