दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल ठोक्किदा तीन जना घाइते

तुलसीपुर, १२ साउन । दाङको तुलसीपुरमा दुई वटा मोटरसाईकल ठोक्किदा तीन जना घाइते भएका छन् ।

शनिबार दिउसो पौने १ बजेतिर तुलसीपुर ८ चमेखोलामा तुलसीपुरबाट पश्चिम जादै गरेको रा ६ प १०१४ नम्बरको र बिपरित दिशाबाट आउदै गरेको रा ५ प १९३९ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका हुन् ।


इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसा घाइते हुनेमा रा ६ प १०१४ नम्बरको मोटरसाईकल चालक तुलसीपुर ९ निवासी २२ बर्षीय संगित चौधरी, रा ५ प १९३९ नम्बरको मोटरसाईकल चालक सल्यान कालिमाटी गापा ३ निवासी ३३ बर्षीय हर्क बहादुर वली र सोही मोटरसाइकलको पछाडी सवार उनको छारा १० बर्षीय डिम्पल वली घाइते भएका हुन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।