लुम्बिनीमा नागरिक उन्मुक्ती पार्टीको संसदीय दल नेता परिबर्तन

दाङ, ८ साउन । नागरिक उन्मुक्ती पार्टीले लुम्बिनी प्रदेशको संसदीय दलको नेता परिबर्तन गरेको छ । यस अघि प्रदेश संसदीय दलको नेता धर्म बहादुर चौधरी थिए ।

उनको ठाउँमा राजकुमार चौधरीलाई दल नेता चयन गरिएको छ । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराईएको चौधरीले बताए । त्यस्तै प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ ।

लुम्बिनीमा नागरिक उन्मुक्तीका ४ जना प्रदेशसभा सदस्य छन् । यस अघिका दल नेता चौधरी दुई पटक भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् । काँग्रेस नेता डिल्ली चौधरी र माओवादी केन्द्रका नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उहाँ दुबै पटक मन्त्री भएका हुन् ।