प्रधानमन्त्री केपी ओलीले साउन ६ गते विश्वासको मत लिदै

काठमाडौँ, २ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिनका लागि पत्र पठाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराउनुभएको थियो । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हाल्नुभएको थियो ।