सेवार खोलाको विद्युतको पुल ढल्यो

तस्बिरःकुलदीप न्यौपाने,रासस

तुलसीपुर, २७ असार । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवार खोलामा आएको बालीले विद्युतको पोल ढालेको छ ।

घोराही १६ सर्रा स्थित टान्सफर्मर राखेको उक्त विद्युतको पोल बुधबार राति आएको बाढीले ढालेको हो ।


जसले गर्दा नेट इन्टरनेट कम्पनीको समेत सेवा अबरुद्ध भएको छ, भने विद्युत सेवा पनि अबरुद्ध छ ।

सोही ठाउँमा बर्षौपछि ठूलो बाढी आएको हो । बाढीले बुधबार विहान बनाएको डाइभर्सन समेत बगाएको छ ।