राप्तीमा सहकारी संस्थाहरूका लागि दुई दिने सदस्य केन्द्रीयता सुचकांक तालिम सम्पन्न

तुल बहादुर कवँर मगर
भालुबाङ २७ असार ।
दाङको राप्ती गाउँपालिकामा सहकारी संस्थाहरूका लागि दुई दिने सदस्य केन्द्रीयता सुचकांक (MCI) तालिम बुधबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रम बाेल्दै उपाध्यक्ष चाैधरीले आर्थिक सशक्तिकरणमा सहकारी संस्थाकाे महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय सहकारी संस्थाहरुमा खराब कर्जाकाे समस्या बढी देखिएको बताउदै त्यस्ता कर्जाहरु कम गर्न सहकारीकर्मीहरु चनाखो हुनुपर्ने बताउनुभयो ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले सहकारी संस्थाहरुले धेरै असल अभ्यासहरु गरिरहेकाे बताउदै कतिपय सहकारी संस्थाहरुमा देखिएको विकृति र विसंगतिका कारण सबै सहकारी संस्थाहरुलाई एउटै दृष्टिकोणले हेर्न नहुने बताउनुभयो ।


कार्यक्रममा सहकारी सञ्जाल राप्तीका अध्यक्ष तारा प्रसाद भुसाल,तालिमका सहभागीहरु राजकुमार आचार्य,बालाराम कुमाल,परमेश्वरी ज्ञवाली लगायतका वक्ताहरुले तालिम निकै उपयाेगी रहेको बताउदै सिकेको कुराहरुलाई व्यवहारमा लागू गर्ने बताउनुभयो ।

राप्ती गाउँपालिकाकाे आयोजनामा सञ्चालित उक्त तालिममा सहकारी संस्थाकाे संगठनात्मक विश्लेषण, दक्षता अभिवृद्धि,सामाजिक संरचना अध्ययन,व्यक्तिगत विकास,निति निर्माण लगायतको विषयमा प्रशिक्षक गणेश घिमिरे र भाेजलाल थारुले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

तालिममा राप्ती गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरु गरि ४० जनाकाे सहभागीता रहेको थियो । समापन कार्यक्रमकाे सहजीकरण सहकारी शाखा प्रमुख दामोदर आचार्यले गर्नुभएको थियो ।