रोल्पामा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, २६ असार ।  रोल्पामा मिनि ट्रक दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टिगढी गाउपालिका–६ निगालपानीका ३२ वर्षीय महेश थापा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार सावडाँडाबाट डुब्रीङ हुदै होलेरी जोड्ने सडक खण्डमा गुडिरहेको रा १ ख २१३१ नम्बरको मिनि ट्रक स्याला भन्ने स्थानमा उकालोमा मंगलबार राती एक्कासी ब्याक हुदा दुर्घटना भएको हो ।


ट्रक सडकबाट झन्डै ६५ मिटर तल खसेर दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ट्रकमा सवार रुन्टिगढी–६ स्यालाका गणेश रावतका ८ वर्षीय छोरा सुजन रावत घाइते भएको र उहाँको प्राथामिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।