लायन्स र लियोको पद तथा सपथ

निरला अर्याल
तुलसीपुर, २२ असार ।
लायन्स क्लब अफ दाङ र लियो क्लव अफ दाङको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । शनिबार कार्यक्रमको आयोजना गरी नव निर्वाचित लायन्स र लियो पदाधिकारीहरूलाई पद हस्तान्तरण तथा सपथ कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लबका वर्ष २०२३/२०२४ का अध्यक्ष भागवत भट्टराई वर्ष २०२४/२०२५ का अध्यक्ष गोरख ओलि र लियोका सत्यनारायण सत्य नारायण चौधरीको संयुक्त अध्यक्षता तथा डिस्ट्रिक ३२५ एन का गभर्नर पिएमजेएफ लायन बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वर्ष २०२४/२०२५ मा डिस्ट्रिक ३२५ एन गवर्नरलें गर्ने कार्यक्रम को बारेमा जानकारी दिनु भयो। ३२५ एन अन्तर्गत कर्णाली प्रदेश सुदुर पश्चिम,लुम्बिनीको केही जिल्ला कार्य क्षेत्र पर्दछन् । विश्वभर १५ लाख लयन बनाउने उद्देश्य रहेकोमा नेपालमा मात्र करिब ४० हजार लायन्स भएको डिष्ट्रिक ३२५ यान का क्याबिनेट सेक्रेटरी टीकाजंग बिकेले जानकारी दिनु भयो। ।
कार्यक्रममा लायन्सका पूर्व अध्यक्ष लालितजंग साह, तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगी, लियोका संस्थापक अध्यक्ष ध्रुवराज न्यौपाने , डीलाइट ग्रुप का सिइयो मोहन भण्डारी लगायतकाले समाजमा शिक्षा , स्वासथ्य, वातावरण र अन्य प्राकृतिक प्रकोपमा उत्कृष्ट कार्य गर्दै अगाडि बढेको बताउनु भयाे। कार्यक्रको स्वागत मन्तव्य लायन्स का पूर्व अध्यक्ष भोजराज न्यौपानेले गर्नु भएको कार्यक्रमको सहजिकरण सचिव कोमल डिसीले गर्नु भयको थियो।
यसै बीच मानव जीवन र वातावरण संरक्षणको हित र पत्रकारिताको उच्च मूल्याङ्कन गरी प्रभात भण्डारी र टेकराज भण्डारीलाई सम्मान गरिएको थियो।