दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी

हापुरे, २६ असार ।  दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आग्लागी भएको छ। सोमबार बेलुकी सवा ७ बजेको समयमा बिद्युतको तार सर्ट भएर आगलागी भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायव निरिक्षक भिम बहादुर सुनारले जानकारी दिनुभएको छ । आगलागीबाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका २ वटा सोफासेट, टेवुल र झ्यालका सिसाहरु जलेर पुर्ण रुपमा क्षेति भएको प्रहरीले बताएको छ ।


सुरक्षागार्डले झ्यालबाट आगोको धुवा देखेपछि प्रमुख प्रशासकीय अधिकृतलाई खबर गरेको र तत्कालै उहाँले प्रहरीलाई खबर गरेको बताईएको छ । आगलागी भएको केही समयमै प्रहरी, स्थानिय र कर्मचारीको सकृयतामा आगो नियन्त्रणमा आएको थियो । समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुदा ठुलो क्षेति हुनवाट बचेको प्रहरीको भनाई छ ।