दंगीशरण पुर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा हुने दाङकै पहिलो स्थानियतह

oplus_0

प्रमोद आचार्य
दंगीशरण, १९ असार ।
‘सुरक्षित मातृत्व ,हामी सवैको दायित्व,स्वास्थ्य सस्थामा हुने सुत्केरी,दिगो बनाऔं सधैभरी” भन्ने मुल नाराकासाथ दंगीशरण गाउँपालिकालाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरीएको छ । दंगीशरण गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा एक भव्य समारोहका विच दाङ जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुती सेवायुक्त गाउँपालिका घोषणा गरीएको हो ।

घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिती दाङका प्रमुख नित्यानन्द शर्माले दाङ जिल्लामै पहिलो स्थानीय तहको रुपमा दंगीशरण गाउँपालिका पहिलो स्थानियतहको रुपमा घोषणा भएकोमा बधाई सहित धन्यवाद ब्यक्त गर्नुभयो । आमा र शिशुलाई स्वास्थ्य संरक्षणका लागि पुर्णरुपमा संस्थागत सुत्केरी हुनुले नेपाल सरकारको दिगो विकाश लक्षमा समेत सहयोग पुग्ने बिस्वास ब्यक्त गर्नुभयो । कम उमेरमा बिहेगर्दा बाल मृत्यदर र मातृ मृत्युदर बढ्ने भएकाले बाल बिबाह न्यूनीकरणमा समेत ध्यान दिन प्रमुख शर्माले आग्रह गर्नुभयो ।

सोहि अवसरमा बोल्दै घोषणा कार्यक्रमका सभा अध्यक्ष गाउँपालिका अध्यक्ष शम्भु गिरीले दाङ जिल्लामै पहिलो स्थानियतहका रुपमा दंगीशरण गाउँपालिकालाई पहिलो संस्थागत प्रसुतीयुक्त गाउँपालिका घोषणा गर्नमाअहम भुमिका निर्वाह गर्ने सम्पुर्ण स्वास्थ्यकर्मीहरु प्रती धन्यवाद ब्यक्त गर्नुभयो । सोहि अवसरमा अध्यक्ष गिरीले गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा आफुहरुले निती तथा कार्यक्रममै समेटेर थुप्रै प्रभावकारी कार्यक्रमहरु समेत अगाडी बढाएको जानकारी गराउनुभयो ।अर्को एक प्रसङ्गमा गिरीले देशभरकै मातृ मृत्युदर १५१ भएतापनि लुम्बिनीमा मात्रै बार्षिक २०७ जना मातृ मृत्युदरका कारण मृत्यु हुनेगरेको प्रती दुःख ब्यक्त गर्नुभयो ।


सोहि अवसरमा बोल्दै कार्यक्रमका बिशिस्ट अथिती स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले नवशिशु मृत्युदर घटाउन थुप्रै चुनौती रहेको र किशोरीहरु आमाहुने सुचक पनि घटाउन चुनौती रहेको उल्लेख गर्नुभयो । कुनै पनि महिलाले गर्भ रहेकै कारण नवजात शिशु र आमाले ज्यान गुमाउन नपरोस भन्दै प्रोटोकल अनुसारको सुत्केरी सेवा पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।अर्को प्रसङ्गमा प्रमुख आचार्यले कुनै पनि देशको स्वास्थ्य अवस्था कस्तो छ भनेर थाहा पाउन त्यस देशको मातृ मृत्युदर पहिलो सुचक हुने समेत जानकारी दिनुभयो ।

एक भब्य औपचारी समारोहकाविच सम्पन्न भएको घोषणा कार्यक्रममा उपस्थिति स्वास्थ्यकर्मी ,जनप्रतिनिधिहरु सहित प्रभातफेरि गरी सभाहलमा पुगि औपचारिक कार्यक्रममा परीणत भएकोथियो । पुर्णरुपमा सस्थागत प्रशुती सेवायुक्त पालिका घोषणा गर्न महत्त्वपूर्ण भुमिका खेल्ने ७ वटै वडा कार्यालयका वडा अध्यक्ष र स्वास्थ्य सस्था प्रमुखहरुलाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरीएको हो ।सोहि अवसरमा पुर्ण सस्थागत प्रशुती सेवायुक्त गाउँपालिका घोषणा गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने प्रत्यक स्वास्थ्य सस्थाका नर्सिङ कर्मचारीहरुलाई समेत प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरीएकोथियो ।

घोषणा कार्यक्रम दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षता,जिला समन्वय समिती दाङका अध्यक्ष नित्यानन्द शर्माको प्रमुख आथित्यता,तथा स्वास्थ्य कार्यालय दाङका अध्यक्ष किशोर आचार्यको बिशिस्ट आथित्यतामा भएकोथियो ।स्वास्थ्य साखा दंगीशरणका सहायक राधा शर्माको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्य साखा दंगीशरणका प्रमुख प्रदिप योगिले गर्नुभएकोथियो ।