मावि सौडियारमा नैतिक शिक्षाको पनि पढाई सुरु गर्ने विब्यसको निर्णय

घोराही, २८ बैशाख ।
घोराही ७ सौडियारस्थित मावि सौडियारले विद्यालयमा नैतिक शिक्षाको पठनपाठन सुरु हुने भएको छ । विगतका वर्षहरुमा नैतिक शिक्षाको पढाई रोकिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइको अध्यक्षता तथा पुर्व विब्यस अध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा बसेको विब्यस बैठकले विद्यार्थीहरुमा नैतिकवान, चरीत्रवान, अनुशासित बनाउन विद्यालयमा नैतिक शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

नैतिक शिक्षाको पठनपाठनसंगै विद्यालयले लिने विभिन्न समयका परीक्षाहरुमा आन्तरीक मुल्याङ्कन गरेर नतिजा प्रकाशन गर्ने पनि निर्णय भएको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कवरले बताए । वालवच्चामा नैतिक शिक्षाको कमिले मानवता सेवा पनि कमजोर बनिरहेको अवस्थामा सानै कक्षादेखी नैतिक शिक्षाको पठनपाठन सुरु भएमा विद्यार्थिमा नैतिकवान, चरीत्रवान बनाउन सहयोग पुग्ने अपेक्षा राखेर विब्यसवाट यो निर्णय गरीएको र हप्तामा एकपटक सामाजिक विषय पढाउने शिक्षकलाई नै नैतिक शिक्षा पढाउने जिम्मा दिने पनि तयारी गरीएको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलिले बताए ।


यसैगरेर विब्यस बैठकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षामा नडराई निर्धक्क भई लेखन सिपको विकास गराउने उदेश्य राखेर मासिकरुपमा परीक्षा गराउने र मासिकरुपमा परीक्षा सञ्चालन गर्न अभिभावकवाट न्युन रकम सहयोग शुल्क लिने पनि निर्णय गरेको शिक्षक अभिभावक संघका अध्यक्ष कवरले बताए । वच्चाको शैक्षिक सुधारका निमित्त यो कदम चालिएको र मासिक परीक्षा भनेपछि विद्यार्थीले केही न केही पढेर आउने र त्यो उत्तरपुस्तिमा लेख्नैपर्ने वाध्यता बनाएपछि जुनसुकै परीक्षा भन्दा विद्यार्थीको मनमा उव्जने एक खालको डर हट्दै जाने विश्वास लिईएको उनले बताए ।