अपारको प्रस्ताब : पार्टी र आन्दोलनको पुनर्गठन गरौं

दाङ, १९ असार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले पार्टी र आन्दोलनको पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्‘गम्भीर आत्मसमिक्षा र बर्गपक्षधरताका आधारमा पार्टी र आन्दोलनको पुनरगठन र पुनरनिर्माण गरौ ।’


पछिल्लो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा यस्तो कुरा ब्यक्त गरेका हुन् । उनले पटक-पटक पार्टी भित्र आत्मसमिक्षा गरेर रुपान्तरण हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।