प्याब्सन आधारभुत स्तरिय फुटबल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत,
दाङ, २८ माघ ।
प्याब्सन आधारभुत स्तरिय फुटबल प्रतियोगिता २०७९ आज देखि दाङको बेल्झुन्डिमा सुरु भएको छ । निजि तथा आवाशिय अर्गनाइजेसन प्याब्सन तुलसिपुर नगरको आयोजनमा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर खड्काले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताउनु भएको छ । शारीरिक रुपमा स्वस्थ र अनुशासित नागरिक तयार गर्ने थलो खेलकुद हो,यसले सिङ्गो राष्ट्रको गौरवलाई अन्तराष्ट्रिय जगतमा पहिचानका रुपमा स्थापित गरेको छ उहाँले भन्नुभयो ।

खेलकुद आमनागरिकको पहुँचमा हुन आवश्यक छ यसका लागि स्थानीय स्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्ने दायित्व र जिम्मेवारीका साथ आफू लागि पर्ने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य,प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसि,नेशनल प्याब्सन तुलसिपुर नगर अध्यक्ष शालिकराम कार्की,अप्टिमिस्ट तुलसिपुर अध्यक्ष मान बहादुर बस्नेत लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम प्याब्सन तुलसिपुर नगर अध्यक्ष गिरिराज डांगीको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्य एवं ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख पुष्पराज मल्लको विशिष्ट आतिथ्यमा भएको थियो ।


प्याबसन तुलसिपुर नगर उपाध्यक्ष डम्बर डांगीको स्वागत रहेको कार्यक्रममा विभिन्न कला संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन प्याब्सन तुलसिपुर नगर सचिव विष्णु योगिले गर्नु भएको थियो । यसैबिच प्रतियोगिताको उद्घाटन समारोह लगत्तै सहभागी विद्यालयका प्रीन्सिपल र पत्रकार बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टिम सुन्यका विरुद्ध ३ गोलले बिजयी भएको थियो ।

फागुन १ गते सम्म चल्ने प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयले क्रमशः नगद ९ हजार,७ हजार, ५ हजार कप मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेस्ट प्लेयर,बेस्ट किप्पर, बेस्ट डिफेन्स,हाई स्कोर खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा २७ विद्यालयका फुटबल टिमको सहभागी रहेको छ ।