सुनचाँदी महासंघमा दाङबाट कोषाध्यक्ष सहित दुई जना निर्वाचित

काठमाडौँ,१७ असार ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्वाचनमा दाङबाट केन्द्रिय कोषाध्यक्ष सहित दुई जना निर्वाचित भएका छन् । महासंघको काठमाडौँमा असार १४ र १५ गते सम्पन्न चौथो महाधिवेशनबाट दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी सुदिप श्रेष्ठ केन्द्रिय कोषाध्यक्षमा र तुलसीपुरकै प्रतिष्ठित सुनचाँदी व्यवसायी लोक बहादुर स्वर्णकार केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ ।

श्रेष्ठ यस अघि पनि केन्द्रिय कोषाध्यक्ष र स्वर्णकार केन्द्रिय सदस्य हुनुहुन्थ्यो । महासंघको केन्द्रिय महाधिबेशनमा अध्यक्ष लगाएत अन्य पदाधिकारीमा सहमती हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनु भएको छ ।


प्रतिद्धन्द्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उहा अध्यक्षमा निर्वाचित हुनु भएको छ । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गर्नुभएको थियो । महाधिवेशनमा देशभरबाट चार सय ४६ प्रतिनिधि सहभागी रहेका थिए ।