स्वइच्क्षा र संदिप बने शान्तिनगरमा बढी जिपिए ल्याउने

निराश पाण्डे
शान्तिनगर, १६ असार ।
२०८० को एसइइमा शान्तिनगर गाउँपालिका वडा नम्बर ३ स्थित अमृत बिद्या मन्दिरकी छात्रा स्वइच्क्षा पाण्डे र मिड वैष्ट प्वाइन्ट एकाडेमी खैरेनिका छात्र संदिप चौधरीले समान ३.८३ जिपिए ल्याइ यस वर्षको शान्तिनगर गाउँपालिकाकै उत्कृष्ट बनेका छन् ।

शान्तिनगर गाउँपालिका अन्तरगत सामुदायिक र संस्थागत गरि १३ विद्यालयबाट ३ सय ८४ विद्यार्थी अहिलेको एसइइमा सहभागी भएका थिए। सहभागी मध्य २ सय ५३ विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ।


उता मिड वैष्ट प्वाइन्टका एकाडेमीका प्रीन्सिपल वीर बहादुर घर्ती र अमृत बिद्या मन्दिरका प्रीन्सिपल पवन कंडेलले आफ्नो विद्यार्थी शान्तिनगर गाउँपालिका भित्र सहभागी विद्यार्थी मध्य सबैभन्दा बढी जिपिए ल्याइ उत्कृष्ट बनेकोमा खुसी हुँदै आगामी एसइइमा अझ यो भन्दा राम्रो नतिजा ल्याइ शान्तिनगरमा मात्र नभई जिल्लामै उत्कृष्ट नतिजा ल्याउने गरि आफुले काम गर्ने बताएका छन् ।

स्वइच्क्षा शान्तिनगर ४ चिराघाट निवासी हुन् भने संदिप वडा नम्बर ५ रंगैजा निवासी हुन् उनीहरु दुबै साइन्स बिषय लिइ उच्च शिक्षा अध्ययन गर्ने तयारीमा रहेको जनाइएको छ । त्यस्तै शान्तिनगर गाउँपालिका जिल्लामै एसइइ नतिजामा ६५.८८ प्रतिशत ल्याइ दोस्रो भएको छ।