मावि सौडियारमा अंग्रेजि मिडियमको पठन पाठन सञ्चालन हुने

घोराही, ४ असोज ।
मावि सौडियारले शुक्रबारदेखि अंग्रेजि मिडियमको पठन पाठन सञ्चालन गर्ने भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले विद्यार्थीको पढ्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै शुक्रबारबाट अंग्रेजि माध्यमको पठन पाठन सञ्चालन गरिने जानकारी दिए ।

भट्टराईले विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई प्ले ग्रुपदेखि कक्षा ५ सम्म अंग्रेजि माध्यमको पढाइ गर्न सञ्चालन गर्न निर्देशन दिएको विद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले जानकारी दिए । चौधरिले आइतबारदेखि विद्यालयको बिहानको प्लस टु र विद्यालयको नेपाली मिडियमको पढाई पनि सञ्चालन गर्न पनि विद्यालयका प्र.अ. गौतमलाई निर्देशन दिएको बताए ।


विद्यालयका प्र.अ. गौतमले पढाइ सञ्चालन गर्ने कुरामा सकारात्मक रहेको र सोही अनुसार शिक्षक र विद्यार्थीलाई जानकारी गराउने बताए । विब्यस अध्यक्ष भट्टराईले शिक्षकको जारी आन्दोलनमा विब्यसको तर्फबाट ऐक्यबद्धता जारी गर्दै जायज माग तत्काल सरकारले पुरा गरेर शिक्षकलाई कक्षा कोठामा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

शिक्षकहरुको आन्दोलनलाई सफल बनाउन विब्यसको तर्फबाट कालोपट्टि बाधेर सरकारलाई खबरदारि गर्न शिक्षकलाई विद्यालयमा सहयोग गर्ने, तर, सामुदायिक विद्यालयमा दिनप्रती दिन विद्यार्थी संख्या घट्दै गइरहेकाले विद्यालय बन्द गर्ने कुरामा सहमत हुन नसक्ने अध्यक्ष भट्टराईले बताए ।