दंगीशरणमा ३ दिने कानुनी अभिमुखिकरण कार्यक्रम सम्पन्न

दंगीशरण, १६ असार ।
दंगीशरण गाउँपालिकाको आयोजनामा आयोजित ३ दिने न्यायिक समिति सङ्ग सरोकारवालाहरुको लागि कानुनी अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

शुक्रवारदेखि आइतबार सम्म चलेको कानुनी अभिमुखिकरणको आइतवार एक कार्यक्रमकाविच समापन गरीएको हो ।कानुनको वारेमा सवै जना जानकार रहनुपर्ने बताउनुभयो ।मेलमिलापकर्ताहरुलाई पनि न्यायिक सम्पादनमा जोड्नुपर्ने बताउनुभयो ।

कानुनी अभिमुखिकरण समापन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी,र मेलमिलापकर्ताहरुका लागि न्यायिक समितीवारे जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । ३ दिन सम्म चलेको अभिमुखिकरणले न्यायिक समिती र मेलमिलापकर्तालाइ न्याय सम्पादनमा सहज पुगेको बताउनुभयो ।


सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले कानुनको छुट कसैलाई नहुने हुदा कानुनि बिज्ञताका वारेमा जानकार रहन आग्रह गर्नुभयो । स्थानिय तहमा मेलमिलापकर्ताहरु उजुरी प्रशासक तथा २ जना कार्यपालिका सदस्य सहितको न्यायिक समिती रहने हुँदा न्याय सम्पादनको क्रममा आइपरेका समस्या तथा ब्यबधानहरुको सहजताका लागि कानुनी अभिमुखिकरण कार्यक्रमले सहयोग गरेको उल्लेख गर्नुभयो । मेलमिलापकर्ता र न्यायिक समितीबिच नङ र मासुको सम्बन्ध हुने बताउनुभयो ।

सहभागीहरुको तर्फबाट मेलमिलापकर्ता भरत वलीले ३ दिनको अभिमुखिकरणमा धेरै मह्त्वपुर्ण कुरा सिक्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो । कस्ता उजुरिहरुलाइ मेलमिलापकर्ताबाट र कस्ता उजुरीहरुलाइ न्यायिक समितीबाट फर्च्योट गर्न सकिन्छ भन्ने जस्ता आफुहरुलाई थाहा नभएका कुराहरु जान्ने मौका पाएकोमा खुसि ब्यक्त गर्नुभयो ।

समापन कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो । समापन समारोहको सहजीकरण शिक्षा साखा सहायक उमा केसिले गर्नुभएकोथियो । ३ दिने अभिमुखिकरणको प्रशिक्षकमा उच्च सरकारी वकिल कार्यालय तुलसिपुरका सह न्याधिबक्ता मोहन सागर बस्याल रहनुभएकोथियो ।