तुलसीपुर, २९ भदौ ।
५८औं राष्ट्रिय बालदिवसका अवसरमा विविध कार्यक्रम गरि मनाईएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मुल नाराका साथ अमर माध्यमिक विद्यालय उरहरीले पनि ¥याली तथा सडक नाटक गरि बालदिवस मनाएको छ ।
बाल अधिकारका सवालमा विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित जसपुर जनबहार चोक, उरहरी चोक हुदै विद्यालय प्रांगनमा कार्यक्रममा परीणत भएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले बालवालिकाको विकास सभ्यसमाजको निकास, बालश्रम अन्त्य गरौँ, बालअधिकार सुनिश्चित गरौँ लगायतका नाराहरु लगाएका थिए । ¥याली पछि आयोजित कार्यक्रमका सहभागीहरुले बालबालिकाको विकास भए मात्रै समाज सम्मुन्नत हुने बताएका थिए ।
बालक्लवका अध्यक्ष सरीता पुनको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । विद्यार्थी निकिता विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षकहरु यज्ञबहादुर अधिकारी,गोमावालन क्षेत्री,बसुन्धरा पाण्डे लगायतले बोलेका थिए ।
कार्यक्रममा बालविवाह न्युनिकरण विषयक नाटक प्रस्तुत गरिएको थियो । नाटकमा झण्डै दर्जन बढि विद्यार्थीको अभिनय रहेको थियो । कार्यक्रमको सहजिकरण बालक्लवका डोटीराम परियारले गरेका थिए ।
लाइभदाङ । २९ भाद्र २०७९, बुधबार १६:०१ बजे