आज लुम्बिनीसहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १३ असार ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ ।

देशभर धेरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखिमध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा साथै एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।