दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ

तुलसीपुर, ११ असार । दाङमा १३ किलो अफिमसहित तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ६ का ३० बर्षीय मोहन पुन, आठबिसकोट नगरपालिका – ३ का ४० बर्षीय टेकबहादुर बोहरा र आठबिसकोट – २ की ४५ बर्षीया मनकुमारी बोहरालाई प्रक्राउ गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका – ८ शुभबिहानी टोलको एक घरबाट उनीहरु पक्राउ परेका हुन् ।


गोप्य सूचनाका आधारमा मंगलबार बेलकी साढे ६ बजेतिर पक्राउ परेका उनीहरुलाई अनुसन्धान थालिएको छ ।