यातायात मजदुर संगठनद्वारा कार्यालय परिसरमा सरसफाई

तुलसीपुर, ८ असार ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विभिन्न कार्यक्रम गरी ४५ औँ स्थापना दिवस मनाउने भएको छ । सोहि अनुरुप दिवसको सन्र्दभमा दाङ जिल्ला कमिटिले शुक्रवार तुलसीपुरमा रहेको कार्यालय परिसर वरपर सरसफाई कार्यक्रम गरेको जिल्ला सचिव खिम बहादुर डाँगीले जानकारी दिनुभयो । संगठनको स्थापना दिवसको अवसरमा तिन दिनसम्म विभिन्न कार्यक्रम गर्ने योजना अनुसार पहिलो दिन सरसफाई कार्यक्रम गरिएको हो । यस्तैगरी दोस्रो दिन शनिवार रक्तदान र असार ९ गते दिपप्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।
संगठनका जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षता एवं केन्द्रिय कमिटीका उपमहासचिव खगेन्द्र बहादुर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा केन्द्रिय सदस्य कालि प्रसाद योगी, संगठनका निवर्तमान जिल्ला सचिव यज्ञ बहादुर बुढाथोकी , सल्लाहकार टेक बहादुर डाँगी लगाएत पदाधिकारीहरुको सहभागिता रहेको उहाले जानकारी दिनुभयो । यातायात क्षेत्रका श्रमिक वर्गहरुको नेतृत्व गर्दै स्थापना भएको संगठनले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउदै आएको छ ।