दंगीशरणमा २ दिने सिकलसेल एनेमियाको रक्त नमुना संकलन तथा अभिमुखिकरण शुरु

दंगीशरण, ६ असार ।
दंगीशरण गाउँपालिका स्वास्थ्यसाखाको आयोजनामा विहिवार र शुक्रबार हुने सिकलसेल एनेमियाको रक्त नमुना संकलन तथा अभिमुखिकरण कार्यक्रमको आज एक कार्यक्रमकाविच उद्घाटन गरीएको छ । गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा शिवीरको उद्घाटन गरीएको हो ।

२ दिने सिकलसेल एनेमिया रक्त नमुना संकलन तथा अभिमुखिकरणमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका थारु जातीको बाहुल्यता भएकाले पनि आफुहरुले हरेक बर्ष सिकलसेल परीक्षणका लागि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो ।

यस भन्दा पहिले पनि एक हजार बढि रगतको नमुना संकलन गरीएको र धेरैमा पोजेटिभ देखिएकाले पनि दंगीशरणलाइ सिकलसेल मुक्त गाउँपालिकाको अभियानमा आफुहरु लागेको बताउनुभयो ।विशेषगरी थारुजातीमा यो रोग लाग्ने हुदा थारु समुदायका ब्यक्तीहरुले विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

सिकलसेल एनेमियाको रोगको औषधि निःशुल्क पाइने ब्यबस्था हुँदा हुँदै पनि कतिपय नागरिकले प्राइभेट अस्पतालमा महङ्गो पैसा तिरी उपाचार गराएको देखेकाले यसवारे सवैजना जानकार रहन आवश्यक रहेको बताउनुभयो । विवाह गर्दापनि सिकलसेल एनेमियाको अनिवार्य चेकजाच गराइ यो रोग सर्नबाट रोकथाम गर्न सवैले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्ने अध्यक्ष गिरीको भनाइथियो ।


यस्तै कार्यक्रममा बोल्दै प्राथमिक स्वास्थ्यकेन्द्र बागरका डा. बिशाल कोइरालाले सिकलसेल एनेमिया बंशानुगत रोग भएकाले एसको रोकथामका लागि संक्रमण भएका महिला पुरुषबाट सन्तान जन्माउन नहुने बताउनुभयो । राता रक्तकोषको कमि भइ शरिरमा रगतको कमि हुने र सास फेर्न गाह्रो हुने जस्ता यसका लक्षणहरु देखापर्ने डास् कोइरालाले बताउनुभयो ।

विहिवार पहिलोदिन १० देखि २२ बर्षसम्म उमेर समुहका थारु समुदायका ११६ जना ब्यक्तीहरु शिविरमा सहभागी भएको स्वास्थ्यसाखाले बताएको छ । रक्त नमुना संकलन गरीएका ब्यक्तिको रिपोर्ट केहि समयपछि उपलब्ध गराइने स्वास्थ्यसाखाले जनायको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्वास्थ्य सस्था हेकुलिको ल्याव टिमले रक्त नमुना संकलन गरेको हो ।

थारुजातीको बाहुल्यता भएको गाउँपालिका त्यसमा पनि बिगतका बर्षमा सिकलसेल एनेमियाका बिरामि पहिचान भएको हुदा रोगको थप पहिचान तथा रोकथामका लागी प्राथमिकताका साथ बजेटनै बिनियोजन गरेर शिविर आयोजना गरीएको स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगिले जानकारीदिनुभयो ।स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गर्नुभएकोथियो ।