तुलसीपुर
५ मंसिर / तुलसीपुरमा काँग्रेस भित्रका सक्रिय युवा नेता मध्येका एक हुन्, अरुण लहरे । पार्टीलाई युवाको आबश्यक पर्दा हरेक क्षेत्रमा उनी पुग्छन् । उनै लहरे हाल दाङ क्षेत्र नं. ३ बाट काँग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन् ।
अहिलेसम्म पार्टीका हरेक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भएर लागेको भन्दै अब महाधिवेशन प्रतिनिधिमा आफू उम्मेदवार भएकाले जिताउन सबैमा आग्रह गरेका छन् । ‘विगत १४ वर्ष देखि अनवरत रुपमा लोकतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ निस्वार्थ रुपमा पार्टीले दिएको जिम्मेवारीलाई बहन गर्दै आएको छु’ उनले भने‘ यस पटक थप जिम्मेवारी दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’
उनी २०६७ सालमा पव्लिक ज्ञानज्योति कलेज नेविसंघ सभापति, २०६८ मा राप्ति ववई क्याम्पस नेविसंघको विए फ्याक्लिटीको सभापति, २०६९ सालमा नेविसंघ राप्ति ववई क्याम्पस उपसभापति भएका थिए । २०७० मा नेपाल विद्यार्थी संघ दाङको जिल्ला सदस्यमा विजयी भएका उनी कोषाध्यक्ष पदमा मनोनित भएका थिए । उनी पार्टीको १३ औ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि विजयी भएका थिए ।
उनी पूर्ण निष्ठाका साथ नेपाली कांग्रेसको युवा नेताको जिम्मेवारी सम्हाल्दै पार्टीलाई मजवुद बनाउन भूमिका खेल्ने व्यक्ती हुन् । हरेक समाजिक कार्यमा सक्रिय रहि, बिगतका हरेक निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनका निम्ति जिउ,ज्यान वाजी राखेर मैदानमा उत्रिएको भन्दै अहिले उनी महाधिवेशन प्रतिनिधिकलागि उम्मेदवार छन् ।
उनले दाङ जिल्ला क्षेत्र नं ३ को संगठनलाई अझै चलायमान बनाउन भूमिका खेल्ने उनको भनाई छ । उनको मधेशी कोटामा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी रहेको छ ।
लाइभदाङ । ५ मंसिर २०७८, आईतवार १२:३३ बजे