दंगीशरणमा ६ र ७ गते सिकलसेल एनेमियाको रक्त नमुना संकलन तथा अभिमुखिकरण हुने

दंगीशरण, ५ असार ।
दंगीशरण गाउँपालिका स्वाइयस्थ्यसाखाको आयोजनामा बिहिबार र शुक्रबार दुई दिन सिकलसेल एनेमियाको रक्त नमुना संकलन तथा अभिमुखिकरण कार्यक्रम गरीने भएको छ । १० देखि २२ वर्षसम्म उमेर समुहका थारु समुदायका ब्यक्तीहरु शिविरमा सहभागी हुन स्वास्थ्यसाखाले सबैमा आग्रह गरेको छ ।

थारुजातीको बाहुल्यता भएको गाउँपालिका त्यसमा पनि सिकलसेल एनेमियाका बिरामि पहिचान भएको हुँदा रोगको थप पहिचान तथा रोकथामका लागि प्राथमिकताका साथ बजेटनै विनियोजन गरी शिविर आयोजना गरीएको स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगीले जानकारी दिनुभयो ।


भोलि मिती २०८१/०३/०६ र ०७ गते स्वास्थ्यचौकि हेकुलिमा बिहान १० बजेदेखि ४ बजे सम्म चेकजाच गरीने स्वास्थ्य साखाले जनाएको छ ।