लुम्बिनीको बजेटमा निवर्तमान अर्थमन्त्रीको असन्तुष्टिः जनयुद्ध शब्द हटाउनु गलत

दाङ, १ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले शनिबार संसदमा पेश गरेको बजेटमा सत्तापक्ष सांसदले नै असन्तुष्टि ब्यक्त गरेका छन् । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद धनबहादुर मास्कीले अहिलेको बजेटले परिबर्तनलाई स्वीकार गर्न नसकेको बताएका छन् ।

लुम्बिनी प्रदेश जनयुद्धको आधार क्षेत्र भएको र आगामी आर्थिक बर्षको बजेटमा जनयुद्ध शब्दनै हटाउनुले जनयुद्धप्रति अपमान भएको बताएका छन् । ‘जनयुद्धको बलमा जन्मिएको गणतन्त्रको देशमा, जनयुद्धको आधार भएको लुम्बिनी प्रदेश सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द नअटाउनु लुम्बिनी प्रदेश सरकारको लाचारपना र पराधिनता देखियो’, उनले भने‘ यो जनयुद्धको अपमान हो। परिवर्तनलाई स्विकार गर्न नसक्नु हो ।’


मास्की अर्थमन्त्री हुँदा जनयद्धुका जनयुद्धका घाइतेकालागि स्याहार केन्द्र निर्माण गर्न बजेट बिनियोजन गरेका थिए, भने शसस्त्र द्वन्दका क्रममा घाईते तथा अपाङ्ग भएकाहरुको उपचार, द्वन्दप्रभाबितलाई स्वरोजगारमा जोड्न र शसस्त्र द्वन्दकाशहीद परिवारलाई स्वास्थ्य बीमाकालागि २० बजेट ल्याएका थिए । ति मध्ये केही कार्यक्रमलाई नसेटिएको भन्दै यो गलत भएको उनको बुझाई छ ।