साउदीमा दुई महिना अघि मृत्यु भएका विकको शव दाङ ल्याईयो

तुलसीपुर
५ भदौ / दुई महिना अघि साउदीमा मृत्यु भएका दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्तिखोला निवासी ३० बर्षीय भक्तबहादुर विकको शव शनिबार मात्रै दाङ ल्याईएको छ । विरामी परेर मगएको असार १४ गते निधन भएको घर परिवारले खबर पाएका थिए ।

त्यसपछि नेपाल ल्याउने प्रक्रियाकै क्रममा दुई महिना पछि मात्रै दाङ ल्याईएको हो । उनी चार बर्ष अघि रोजगारीको सिलसिलामा विदेश गएका थिए ।

त्यसपछि बीचमा घर आएका उनी १५ महिना अघि मात्रै पुनः विदेश गएको स्थानीय राधिका परियारले जानकारी दिनुभयो । उनका श्रीमति र ६ बर्षीया छोरी छन् ।


उनको शवलाई दाङ ल्याउन माओवादी केन्द्र विद्यार्थी नेता निमेश वली, कैलास देवकोटा, राधिका परियार, अशोक भण्डारीलगायतले पहल गरेका थिए ।