दाङको तुलसीपुरमा ठूलो परिमाणमा ब्राउन सुगर सहित आमा छोरा पक्राउ

दाङ
५ मंसिर / दाङ तुलसीपुर प्रहरीले एक घरमा छापा मारि करिब २० ग्राम ब्राउन सुगरसहित आमा छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ स्थित ३८ बर्षीया शुशीला श्रेष्ठको माईती घरमा छापा मार्दा सानो पुडिया ९९ थान र ठूलो पुडिया १ गरि १९ ग्राम ७१० मिलग्राम ब्राउन सुगरसहित शुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरुले ब्राउन सुगर विक्री वितरणकालागि पुडिया बनाउदै गरेको अबस्थामा फेला पारिएको हो ।

शुशीलाको घर तुलसीपुर उपमहानगरपालिका वडा नंं. ६ स्थित विद्युत कार्यालयदेखि पछाडी रहेपनि हाल तुलसीपुर ५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा छोरा नै ब्राउनसुगर कारोबारी हुन् ।


यो कारोबारमा उनका श्रीमान बसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै भन्दै अनुसन्धानकालागि खोजी कार्य जारी रहेको प्रमुख अर्यालले बताए । तुलसीपुरमै ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरिएको हो ।

उनीहरुलाई पक्राउ गर्नु भन्दा पहिले तुलसीपुर बसपार्कबाट दुईजनालाई पक्राउ रिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सुचनाका आधारमा चेकजाँच गर्दा तुलसीपुर ५ बसपार्क निवासी २५ बर्षीय धिरज बुढाथोकीको साथबाट ५४० मिलिग्राम र बबई गाउँपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर ६ बरुवागाउँमा डेरा गरि बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।