शिक्षकले प्रतिभा देखाउने सन्दर्भमा स्वतन्त्र छोड्नु पर्छ : वडाध्यक्ष थापा

तुलसीपुर, ३० जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष तुलसी थापाले शिक्षकले विद्यार्थीहरुको भविष्यकालागि प्रतिभा देखाउन खोज्दा स्वतन्त्र छोड्नु पर्ने बताए । स्वतन्त्र रुपमा आफ्नो क्षमता देखाएमा मात्रै विद्यार्थीको भविष्य सुनिश्चित हुने उनको भनाई थियो ।

गुरुजजुर माध्यामिक विद्यालय र फिडर स्कुलका शिक्षक तथा कर्मचारीहरुकालागि सकारात्मक सोँच तथा स्वसशक्तिकरण कार्यक्रमको समापन शत्रमा बोल्दै वडाध्यक्ष थापाले शिक्षकले आफ्नो प्रतिभा, कला देखाउन पाएमात्रै विद्यार्थीहरुको सिकाई स्तर बृद्धि हुने उनको भनाई छ ।

गुरुजजुरसहित बिभिन्न विद्यालयका शिक्षकहरुलाई मोडिभेसनल स्पिकर कमल सिलवालले मोटिभेसन कक्षा दिएका थिए । गुरुजजुरका प्रधानाध्यापक विष्णु केसी अध्यक्षतामा कार्यक्रममा सहभागि भावना न्यौपानेले शिक्षकहरुकालागि यो कार्यक्रम महत्वपूणर् रहेको बताईन् । विद्यार्थीहरुको मनोविज्ञान बुझ्ने तथा विद्यार्थीहरुलाई कुन समयमा कसरी पढाउने भन्ने कुराको ज्ञान भएको बताईन् ।


विहीबार गुरुजजुरसहित जनश्रम मावि खाद्रे, मावि कालाखोला, मावि प्रतापकोट,मावि दोघरे, सरस्वति चौतारा मावि सल्लीबन, ज्ञानज्योति आवि सुन्दरनगर, प्राबि टिकरीका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण शिक्षक लेबेन्द्र केसीले गरेका थिए ।