दाङका विद्यालयमा’माेटिभेसनल’ प्रशिक्षण दिदै सिलवाल

तुलसीपुर, २७ जेठ । 
वरिष्ठ मोटिभेसनल प्रशिक्षक कमल सिलवालले  दाङका विभिन्न शैक्षिक संस्थाहरुमा प्रशिक्षण दिन थालेका छन् । आइतबार तुलसीपुर स्थित डिभाईन टेम्पल एकेडेमी तुलसीपुरका विद्यार्थीहरुलाई प्रशिक्षण दिएका उनले अन्य विद्यालयमा पनि प्रशिक्षण दिने भएका हुन् ।

विद्यार्थीहरुलाई प्रशिक्षण दिंदै सिलवालले परिक्षामा मात्र नभई जीवनमा कसरी सफल बन्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै लगनशिलता, धैर्यता र सिर्जनात्मक हुन सके जीवनमा सफल बन्न सकिने कुरामा जोड  दिए ।  किताबी ज्ञानले मात्र जीवन पुर्ण बन्न नसक्ने बताउँदै आफ्नो रुचि अनुसार अघि बढ्न सुझाव दिए । साथै उनले  सकारात्मक सोचको विकास हुनुपर्ने कुरामा जोड दिए ।


डिभाईन टेम्पल एकेडेमी तुलसीपुरका संस्थापक निर्देशक भोजराज न्यौपानेका अनुसार तुलसीपुर क्षेत्रका निजि विद्यालयका प्रीन्सिपल तथा शिक्षकहरुलाई प्रशिक्षण दिईएको छ । तुलसीपुर स्थित ड्रीम्स ब्यान्क्युटमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रशिक्षक सिलवालले विद्यार्थीहरुको सिकाई स्तर वृद्धि गर्न ध्यान दिनुपर्ने कुराहरुमा जोड दिएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत मन बहादुर खड्का, एन प्याव्सनमा केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सोमबार तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा तुलसीपुर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई प्रशिक्षक सिलवालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।