फुटसल प्रतियोगिताको उपाधि ज्ञान ज्योति तुलसीपुरलाई

तुलसीपुर, २६ जेठ ।
ज्ञान ज्योति एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित संस्कार पाठशाला दाङको आयोजनामा सञ्चालन गरिएको फुटसल प्रतियोगिताको उपाधि ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ ।

आज शनिबार भएको फाईनल खेलमा पब्लिक ज्ञान ज्योति माध्यमिक विद्यालय वम्नैलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै ज्ञान ज्योति तुलसीपुरले उपाधि जितेको हो । प्रथम र दोस्रो हुने टिमलाई नगत सहित सिल्ड, मेडल र प्रमाणपत्र ज्ञान ज्योति एजुकेसन फाउन्डेसनमा सिइओ सुरेन्द्र जि.सी.ले प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा खेल अवधि गरि रेफ्रीको भुमिका निर्वाह गर्नुहुने कमल डाँगी र यलिस वि.क.लाई मायाको चिनो सहित सम्मान गरिएको थियो । फुटसल प्रतियोगितामा फाउन्डेसन अन्तर्गतका ८ विद्यालयहरुको सहभागिता रहेको खेल संयोजक सुरज वलीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै फाउन्डेसनमा सिइओ सुरेन्द्र जि।सी।ले विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जोड्नका लागि फाउन्डेसनले फुटसल कोर्ट निर्माण गरेको र यसरी हुने प्रतियोगिताले खेलकुदको विकास गराउन, दक्ष खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उक्त फुटसल कोर्टको उद्धघाटन गत बुधबार अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डाईरेक्टर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले गर्नुभएको थियो ।