दंगीशरण–१ मा कृषि यन्त्रीकरण सामाग्री वितरण

दंगीशरण, २४ जेठ ।
काउलि कृषक समुह दंगीशरण १ को आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा मकैवालि पकेट विकास कार्यक्रम सार्वजनिक सुनुवाइ तथा कृषि यन्त्रीकरण वितरण कार्यक्रम वडा नं.१ को रामपुरमा सम्पन्न भएको छ ।

काउलि कृषक समुहका सचिव छिपेन्द्र चौधरीको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको बिशिष्ट आथित्यतामा कृषि यन्त्रीकरण सामाग्री वितरण गरीएको हो ।

कृषि यन्त्रीकरणका सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकाले प्रदान गर्ने ५० प्रतिशत अनुदानको सामाग्रीका लागि बोलपत्र आह्वान भइसकेको जानकारी गराउनुभयो । ५० प्रतिशत किसानको र ५० प्रतिशत राज्यको लगानि भएकाले पनि कृषि यन्त्रीकरणको सहि सदुपयोग हुनुपर्ने उहाँको भनाइथियो । कृषिको कर्म गर्न नछोड्न आग्रह गर्दै नागरीकहरु केहि न केहि उत्पादनमा सकृय हुन आग्रह गर्नुभयो ।

किसानको कुनैपनि बालिनालिमा लाग्ने रोगको समस्या समाधान गर्न कृषि शाखा कृषि प्राविधिक सङ्ग सह्योग लिन आम किसानहरुलाइ आग्रह गर्नुभयो ।


संघीय सरकारबाट हस्तान्तरीत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि यन्त्रीकरणका सामाग्री वितरण गरीएको कृषि साखा अधिकृत ॠशिकेश आचार्यले जानकारीदिनुभयो ।अधिकृत आचार्यले कृषि सम्बन्धि जुनसुकै समस्या आयपनि आफुहरुलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका बिशिष्ट अथिती वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले सामान लगेर सामानको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । वडा नं. १ लाइ पकेट विकास कार्यक्रमको लागि छुट्टै हव बनाउन आवश्यक रहेको अध्यक्ष भण्डारीको भनाइथियो ।

गाउँपालिकाको २ लाख ५० हजार र कृषकको २ लाख ३१ हजार गरी कुल ४ लाख ८१ हजार लागतमा कृषि सामाग्री खरीद गरी वितरण गरीएको समुहका सचिव छिपेन्द्र चौधरीले बताउनुभयो ।

वितरण गरीएका कृषि यन्त्रीकरणका सामाग्रीहरुमा,२९५ किलो मकैको बिउ,स्प्रे टेङ्कि १६ लि. को १६ वटा,१ इन्च्को मोटर ६ वटा,२.५ इन्च्को मोटर १ वटा,कम्बाइनमिल १ वटा,त्रीपाल ४० थान,मिनि टेलर २ वटा,पाइप रोल २ थान लगायतका सामाग्रीहरु वितरण गरीएको कृषिसाखा प्रमुख शरु भुषालले जानकारी दिनुभयो।