दंगीशरण, २४ जेठ ।
दंगीशरण गाउँपालिका स्वास्थ्य साखाको आयोजनामा पाठेघरको स्कृनिङ तथा ब्यबस्थापन सम्बन्धि महिला प्रजनन स्वास्थ्य शिविर दंगीशरण १ को आधारभुत स्वास्थ्य केन्द्र रामपुरमा सम्पन्न भएको छ । वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा शिविर सम्पन्न भएको हो ।
शिविर उद्घाटन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु स्वास्थ्यको सवालमा सधै गम्भीर रहेको बताउनुभयो ।शिवीरको उदेस्य भनेको ग्रामीण भेगमा रहेका महिलाहरुको स्वास्थ्यको समस्या पहिचान गरी हुन सक्ने दुर्घटनाबाट जोगाउनु रहेको अध्यक्ष गिरीको भनाइथियो ।शिवीर उद्घाटन गर्दै अध्यक्ष गिरीले आफु निर्वाचित भएर आइसकेपछि कोटेसन प्रक्रियाको अन्त्यगरी इभिडिङ प्रक्रिया बाट खरिद गरी बचेको पैसाबाट दिर्घरोगीहरुका लागी निशुल्क औषधि वितरण गर्ने गरेको बताउनुभयो ।
यस्तै वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले शिवीरको लाभ जतीसक्यो धेरै वडावासीहरुले लगिदिन आग्रह गर्नुभयो ।विशेषगरी महिलाको पाठेघरको मुखको क्यान्सर बढ्दो रुपले बढेकालेपनि रोगको पहिचान र समाधान गर्न शिविर बाट सेवालिन वडा अध्यक्ष भण्डारीले आग्रह गर्नुभययो ।
शिवीर उद्घाटन कार्यक्रममा प्राथमिक स्वास्थ्यकेन्द्र बागरका डा.बिशाल कोइरालाले समुदायस्तरमा यस्ता महिला प्रजनन सम्बन्धि शिवीरले दुरदराजका महिलाहरु जो अस्पताल सम्मसमेत आफ्नो समस्या लियर जान नसक्ने त्यस्ताहरुका लागि विशेष सेवा रहेको उल्लेख गर्नुभयो ।
दंगीशरण गाउँपालिकाको बिनियोजित बजेट मार्फत दंगीशरणका ३ वटा ठाउँमा स्वास्थ्यशिवीर आयोजना गरीएको स्वास्थ्यसाखा प्रमुख प्रदिप योगिले बताउनुभयो । बुधवार वडा नं. १ को आधारभुत स्वास्थ्यकेन्द्र रामपुर ,२४ र २५ स्वास्थ्यचौकि हेकुलिमा,२८ र २९ गते श्रीगाउ प्राथमिक स्वास्थ्यकेन्द्र बागरमा शिवीर गरीने प्रमुख योगिले जानकारीदिनुभयो ।
शिविरमा ९४ जनाले सेवा लियको र जसमध्य ४ जनामा क्यान्सरको संका गरीएको स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगिले जानकारीदिनुभयो ।
आधारभुत स्वास्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्माको स्वागत मन्तब्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण स्वास्थ्यसाखा प्रमुख प्रदिप योगिले गर्नुभएकोथियो ।
लाइभदाङ । २४ जेष्ठ २०८१, बिहीबार ०९:०० बजे