कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

सल्यान
३ मङ्सिर /  सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

तालमा पूर्णिमाको अवसरमा शुक्रबार लागेको मेला हेर्न गएका बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ आगरनेटाका ८ वर्षीय रमेश सुनारको डुबेर मृत्युमा भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।