दाङमा तुलसीपुरमा सबै भन्दा बढि विप्रेशन भित्रियो

तुलसीपुर, २२ जेठ ।
दाङमा बैदेशिक रोजगारमा गएकाहरूमध्ये सबै भन्दा बढि तुलसीपुरमा विप्रेशन भित्रिएको छ । दाङका चार वटा पालिकामध्ये तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म २ अर्ब ८४ करोड २० लाख ७१ हजार विप्रेशन भित्रिएको छ । त्यस्तै घोराहीमा १ अर्ब ६८ करोड २४ लाख ५७ हजार, लमही नगरपालिकामा ५१ करोड ७२ लाख ५३ हजार र बबई गाउँपालिकामा ३४ करोड ६१ लाख ५७ हजार रुपैयाँ विप्रेशन भित्रिएको छ । आप्रवासी स्रोत केन्द्रको परियोजनाले तुलसीपुर, घोराही, लमही र बबईमा गरेको अध्ययन अनुसार सबै भन्दा बढि तुलसीपुरमा विप्रेशन भित्रिएको परियोजनाका कार्यक्रम संयोजक बसन्ता पुलले बताईन् ।

दाङका १० वटा पालिका मध्ये सामीले चारवटा पालिकामा अध्ययन गरेको हो  । उनका अनुसार अध्ययनमा जानेहरूबाट भने रकम बाहिरिरहेको छ । तुलसीपुरबाटै अध्ययन गर्न जानेहरूबाट २ अर्ब ७१ करोड बाहिरएको छ, भने लमही नगरपालिकाबाट १३ करोड २ लाख बाहिरिएको छ ।  हालसम्म तुलसीपुरबाट ८ हजार ८ सय ५० जना बैदेशिक रोजगारमा गएका छन्, भने ३ हजार पाँच सय ५९ जना फर्किएका छन् । विदेश गएकाहरूमा एक हजार तीन सय ९० जना विद्यार्थी रहेका छन् । अहिलेसम्म तुलसीपुरका ३० जनाको विदेशमा मृत्यु भएको छ ।  त्यस्तै घोराहीमा ५ हजार ७ सय २८ जना विदेश गएको मध्ये २ हजार दुई सय ८५ जना फर्किएका छन् । लमहीमा एक हजार ७ सय ८६ जना विदेश गएकोमा ७०९ जना फर्किएका छन्, भने एकसय १० जना अध्ययनकालागि विदेश गएका छन् । विदेशमा लमहीका ६ जनाको मृत्यु भएको छ । त्यस्तै बबई गाउँपालिकामा एक हजार पाँच सय ९६ जना विदेश गएकोमा ९ सय ४१ जना फर्किएका छन् ।

सामीले २०७६ पुसदेखि २०८०/०८१ को हालसम्म ६० हजार २८ जनालाई परामर्श दिइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नौ सय ५१ महिला र एक हजार नौ सय ६० पुरुष गरी दुई हजार नौ सय ११ जनाले सेवा लिएका थिए । परामर्श लिएका मध्येबाट ११ प्रतिशतलाई फोन सम्पर्क गर्दा फोन गरेका मध्येबाट नौ प्रतिशत वैदेशिक रोजगारीमा गएको, ५० प्रतिशत सीप तालिम लिएर वैदेशिक रोजगारीमा गएको, ९४ प्रतिशतले कागजपत्र घरमै छाडेर गएको देखिएको संयोजक मगरले बताए । साथै पैसा तिरेको भर्पाइ माग्ने ८९ प्रतिशत, वैदेशिक रोजगारीमा नजाने निर्णय गरेका ४६ प्रतिशत र नेपालमै काम शुरू गरेका २४ प्रतिशत रहेका छन् ।


सहायता कक्षमा वैदेशिक रोजगारी सम्बन्धी आएका उजुरीमा आधा भन्दा धेरैको समाधान भएको जनाएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणमुक्त बनाउने, वैदेशिक रोजगार बोर्ड, बिमा कम्पनीबाट पाउने आर्थिक सहायताको बारेमा जनमानसमा जनचेतना फैलाउने कार्यमा ध्यान दिनुपर्ने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । साभारः अग्रिम साप्ताहिक