युरो पेन्ट्सले क्रिकेट खेलाडीलाई पुरस्कार दिने

दाङ, २२ जेठ ।
युरो पेन्ट्सले आईसिसि मिन्स टि २० विश्वकपको सफलताकालागि खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ । जगन्नाथ ग्रुप अफ इन्टष्ट्रिजको उत्पादनमा रहेको उक्त पेन्ट्सले खेलाडीहरुले कडा मेहनत र परिश्रमले नेपाली क्रिकेट टिमले प्राप्त गरेको सफलता स्रहानिय रहेको भन्दै खेलाडीहरुलाई पुरस्कारको ब्यबस्था गरेको प्रबन्ध निर्देशक केल्बिन शर्माले विज्ञप्ति जारी गरि जानकारी दिए ।

उनका अनुसार हरेक सेन्चुरीको एक लाख,हाफ सेन्चुरीको ५० हजार, हरेक वीकेटको ३ हजार, हरेक छक्काको २ हजार, हरेक चौकामा एक हजार, हरेक रनमा तीन सय रुपैँया प्रदान गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।


त्यस्तै विश्वकप जितेपछि क्यानलाई १० लाख, फाइनलमा पुगेपछि ७ लाख, सेमि फाइनलमा पुगेपछि ५ लाख र सुपर ८ मा पुगेपछि २ लाख रुपैँया दिने विज्ञप्ति मार्फत जानकारी गराएको छ । युरो पेन्ट्स स्थापना भएको ६ बर्ष पुगेको छ । उक्त पेन्टले छोटो समयमै अन्तराष्ट्रिय स्तरमै बजार विस्तार गर्न सफल भएको छ ।