लुम्बिनीमा सबै भन्दा बढि दाङबाट माओवादी केन्द्रको सदस्यता वितरण

दाङ
३ मंसिर /  माओवादी केन्द्रको लुम्बिनी प्रदेशमा सबै भन्दा बढि सदस्यता दाङबाट लिएका छन् ।

लुम्बिनी प्रदेशका पार्टीका निर्वाचन समिति संयोजक रामशरण चौधरीका अनुसार सबै भन्दा बढि दाङमा र सबै भन्दा कम अर्घाखाँचीबाट सदस्यता लिएका हुन् । दाङमा १९ हजार ६ सय ७३ जनाले सदस्यता लिएका छन्, भने अघाँखाँचीमा ४ हजार तीनसय ४४ जनाले सदस्यता लिएका छन् ।


त्यस्तै बाँकेमा ११ हजार एकसय ५२, बर्दियामा १४ हजार तीनसय ६८, रोल्पामा १६ हजार सातसय ८८, प्यूठानमा ६ हजार चारसय १४, पूर्वीरुकुममा ६ हजार तीनसय ४०, कपिलबस्तुमा ७ हजार ११, रुपन्देहीमा १० हजार ४ सय १४ जनाले पार्टी सदस्यता भरेका छन् । त्यस्तै गुल्मीमा ५ हजार ९ सय २३, पाल्पामा ४ जार सातसय २४ र परासीमा ५ हजार सातसय ३७ जनाले पार्टी सदस्यता लिएका छन् ।

पार्टीले अहिले अनलाईन प्रणालीमा पार्टी सदस्यता ‘इन्ट्री’ गरेको छ । पछिल्लो समय नविकरण तथा नयाँ सदस्यता थपिनेक्रम बढेको पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिब जगप्रसाद शर्माले बताए ।