तुलसीपुर उद्योग बाणिज्य संघमा सधै दुई चिरा पर्ने ‘काँग्रेस’

दाङ, २४ वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघ व्यबसायीहरुको हकहितकालागि बोल्ने संस्था हो । जहाँ स्वस्थ र मर्यादित निर्वाचन हुनुपथ्र्यो, तर, सधै अमर्यादित निर्वाचन हुने एउटा थलो बनेको छ । संघमा बलियो प्रभाब राख्ने काँग्रेसबीच नै मतभेत बढि हुने गरेको छ । कहिल्यै गेहेन्द्र गिरी पक्ष र दीपक गिरीबीचको पक्षबीचको लडाई त, कहिल्यै ब्यबसायी–ब्यबसायीबीचको लडाईले गर्दा त्यहाँ आफ्नै ‘राज’ पनि गुमाउने गरेको छ ।

काँग्रेसकै विमल रिजाल र जनप्रसाद खरालबीच उद्योग बाणिज्य संघमा निर्वाचन भयो । तत्कालिन अबस्थामा रिजालले निर्वाचन जिते । त्यसपछि एक कार्यकाल काँग्रेसकै विरु रावत अध्यक्ष सर्वसम्मत भए । त्यसयता उद्योग बाणिज्य संघमा सह्वार्द वातावरण छैन । काँग्रेसको बाहुल्यता भएको स्थानमा गएको निर्वाचनमा काँग्रेसकै उम्मेदवार संघका पूर्वध्यक्ष हिमाल बस्नेतले समेत हार ब्यहोर्नु प¥यो । त्यही निर्वाचनका बेला कम्युनिष्टले पहिलो पटक संघको नेतृत्व गर्ने अवसर पाएको हो । त्यो भन्दा अघि कहिल्यै पनि संघमा कम्युनिष्ट पार्टीले नेतृत्व गर्ने अवसर पाएको थिएन । अहिले पनि निर्वाचनमा काँग्रेस एकजुट हुन सकेन ।

काँग्रेसले आधिकारिक अध्यक्षको उम्मेदवार महासचिब बिनिल केसीलाई बनायो । त्यसपछि बर्तमान उपाध्यक्ष ललितजंग शाहले विद्रोह गरे । शाहलाई काँग्रेसका बिभिन्न खेमाहरुले सहयोग मात्रै गरेनन्, एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलहरुले समर्थन गरेका छन् । निर्वाचन २९ वैशाखमा हुँदैछ ।

दुई प्यानल दर्ता
साझा व्यवसायीक प्यानलबाट ललितजंग शाहको नेतृत्वमा एउटा प्यानल दर्ता भएको छ भने नेपाली कांग्रेसको तर्फबाट विनिल केसीको नेतृत्वमा अर्को प्यानल दर्ता भएको हो । शाह नेतृत्वको साझा प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा डिल्ली बहादुर वली, उपाध्यक्ष (वाणिज्य) मा नरेश कुमार राज भण्डारी, उपाध्यक्ष (उद्योग) मा विश्व बस्नेत रहेका छन् ।


यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्र कुमार डाँगी, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा भिम बहादुर खत्री, शारदा बस्नेत, मिना रावत, मनोज कुमार गुप्ता, कृष्ण बहादुर पुन, सुरेश नेपाली र टोप बहादुर महतरा छन् ।

यसैगरी विनिल केसी नेतृत्वको प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा देव बहादुर केसी, उपाध्यक्ष (वाणिज्य) मा खुशलराम शर्मा, उपाध्यक्ष (उद्योग) मा हेमेन्द्र खड्का, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नविन राई, सह–कोषाध्यक्षमा दिपेश भण्डारी रहेका छन् ।

यस्तै सदस्यहरुमा सन्दिप रिजाल, कोमल डिसी, तिर्थ बहादुर डाँगी, माधव बस्नेत, निलम बस्नेत, कल्पना विष्ट, चिन्तामणी आचार्य, शैलेन्द्र बुढाथोकी, सुवास अधिकारी र चन्दन वली रहेका छन् ।