दंगीशरणमा प्री बजेट सम्बन्धि छलफल सम्पन्न

दंगीशरण, २१ जेठ ।
दंगिशरण गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ बजेट पुर्व प्री बजेट सम्बन्धि छलफल सम्पन्न गरेको छ । छलफल कार्यक्रममा अध्यक्ष शम्भु गिरीले नागरीकहरुको सल्लाह सुझावहरुलाई एकत्रीत गरी सबै सल्लाह सुझावहरुलाइ निती तथा कार्यक्रममा समेटिने बताउनुभयो ।

पछिल्लो समय बजेट घट्दोक्रममा आइरहेकाले पनि आफुहरुले सोचे अनुरुप विकास गर्न नसकेको प्रती दुःख ब्यक्त गर्नुभयो । साना टुक्रे योजना किन हुन्छ्न भन्ने सहभागीको प्रश्नमा अध्यक्ष गिरीले अहिले नागरीकको चहाना र विकासका लागी केहि समय पनि पर्खिन नसक्ने प्रवृतिका कारण सवैको चित्त बुझाउन र नागरीकका स–साना चाहाना पुरा गर्न पनि टुक्रे योजनाहरु हुने गरेको उहाँको भनाइथियो ।


यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले आगामि आर्थिक बर्षका लागी कस्तो निति निर्माण गर्ने भन्नका लागी प्री बजेट छलफल कार्यक्रम आयोजना गरीएको बताउनुभयो । यसमा महिला दलित जनजाती अपाङ्गता भएका ब्यक्ती लगायत आम नागरीको सहभागीता हुनुपर्ने बताउनुभयो ।

छलफलका क्रममा सहभागीहरुले आ–आफ्ना सल्लाह सुझाव दिएका छन् ।छलफलमा वडा नं. १ का वडा सदस्य चन्द्रलाल चौधरी,कार्यपालिका सदस्य मिना चौधरी,वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरी लगायतले आआफ्नो भनाइ राख्नुभएकोथियो ।