ट्याक्टर चुडाएको वाईफाइको तारले लाग्दा दाङमा एक घाइते

तुलसीपुर,२१ जेठ । दाङमा ट्याक्टरले चुडाएको वाइफाइको तारले लाग्दा एक जना घाइते भएका छन् ।

सोमबार साँझ ८ बजेतिर दाङ दंगिशरण गाउँपालिका ५ मिरौली स्थित हेकुलीबाट तुलसीपुर तर्फ रोलर लोड गरि आउदै गरेको रा १ त २४२४ नंम्बरको ट्याक्टरले वाई फाईकोतार छिनाल्दा सोही ठाउँका ५० बर्षीय दिल बहादुर वली घाइते भएका हन् ।


उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनको दाँया हात,दाँया खुट्टा र घाँटिमा चोट लागेको छ । अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।