पटक–पटक पार्टी छोड्ने घोराही ८ का अध्यक्षलाई एमालेले सोध्यो स्पस्टीकरण

दाङ, २० जेठ । नेकपा एमाले दाङले एमालेबाट निर्बाचित घोराही ८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई स्पष्टिकरण सोधेको छ ।

एमाले दाङका अध्यक्ष शिबकुमार आचार्यले वडा अध्यक्ष शाहलाई पत्र पठाई ७ दिन भित्र पार्टीमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएका हुन । शाहले जेठ ८ गते एमाले परित्यागको घोषणा गरेका थिए ।

स्पष्टिकरण पत्र चित्त नबुझे वा पेश नगरेमा कानुन बमोजिम भइ जाने आचार्यद्वारा पठाईएको पत्रमा उल्लेख छ । एमाले विरुद्ध गतिविधि गर्दा पटक–पटक मौखिकरुपमा सचेत गराईएको भन्दै प्रचलित ऐन, नियम, कानुन र राजनीतिक दल त्याग सम्बन्धि २०७३ को कानुन बमोजिम तपाईलाई किन कारबाही गर्नु नपर्ने हो भनि पार्टी स्पष्टिकरण सोधेको हो ।


यदि शाहले चित्त बुझ्दो स्पष्टिकरण नदिए दल त्याग सम्बन्धि कानुन बमोजिम कारबाही गरिने पत्रमा लेखिएको छ । शाहले यो भन्दा अघि वडाध्यक्षबाटै राजीनामा दिएका थिए तर, उनको त्यो राजीनामा स्वीकृत भएन् । त्यसपछि पुनः उनी वडाध्यक्षका रुपमा काम गर्दै आएका थिए ।

May be an image of ticket stub and text